×

वीरगञ्ज ५ असार । यस बर्षको चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्रतिक दैनिक /रेडियो वीरगञ्जकी विमला गुप्तालाई प्रदान गर्न लागिएकाे छ ।

स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको बिहिबार सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरे अनुसार पुरस्कृत गर्न लागिएकाे प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयो ।

गुप्तालाई आजै दउसाे एक बजे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा स्वर्गिय पाण्डेको स्मृति दिवसको अवसर पारेर पुरस्कार दिईने कार्यक्रम रहेकाे भण्डारीले बताउनु भयो ।

Back to top