×

वीरगञ्ज ३ असार । सरकारले आह्वान गरेकाे लडकाउन खुकुलाे भएपनि सिमा नाकाहरू अझै बन्द छन् । सिमा खाेल्दा संक्रमितहरूका आग्मन बढ्ने भएकाका कारण हाल नाकाहरू बन्दै राख्ने सरकारी निर्णय छ ।

तर, सिमा नाका बन्द हुँदा पनि बारामा अझै तस्करी राेकिएकाे छैन ।

बाराकाे विश्रामपुर गाउँपालिकाबाट ठुलाे परिमाणमा छाेकडा बरामद प्रहरीले बरामद गरेकाे छ । अवैध रूपमा भारत तर्फ निकासी गर्न लागिएकाे सुचनाका आधारमा खटिएकाे प्रहरीकाे टाेलीले विश्रामपुर गाउँपालिका वडा नं ४ बाट करिब ३५ क्विन्टल छाेकडा बरामद गरेकाे हाे ।

वडा नं ४ काे बलिरामपुर टाेल स्थित दशगजा क्षेमा नजिकै सुरेन्द्र साहकाे घर छेउमा भारत निकासीका लागि थुपारेर राखिएकाे छाेकडा प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीलाइ देख्ने बित्तिकै तस्कर फरार भएका थिए ।

अवैध रूपमा भारततर्फ चाेरी निकासी गर्न लागिएकाे छाेकडाकाे बजार मुल्य करिब ५ लाख २५ हजार भन्दा बढी रहेकाे प्रहरीले जनाएकाे छ ।

बरामद गरिएकाे अवैध छाेकडालाइ आवश्यक अनुसन्धानका लागि मुल भन्सार कार्यालय वीरगञ्ज पठाइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

Back to top