×

काठमाडौँ २६ जेठ । आइतबार मात्रै कोरोना पोजेटिभ देखिएका स्या्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको आज बिहान निधन हो । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार गत जेठ २१ गते राति भारतबाट वालिङ पुगेको उनलाई २२ अस्पताल भर्ना गरिएको थियो ।

मृतक मृगौला, उच्च रक्तचाप, सुगर लगायतका दिर्घ रोगी रहेको खुल्न आएको छ । उनलाई सुनौलीबाट गाडी रिजर्भ गरी वालिङ आएका थिए । हाल मृतकको शव अस्पतालमै रहेको र व्यवस्थापनबारे छलफल भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Back to top