×

वीरगञ्ज २२ जेठ । पर्सामा शुुक्रबारदेखि जोररबिजोर प्रणाली अनुसार पसलहरु खोल्ने पाउने भएको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोररबिजोर प्रणाली (गते) अनुसार वीरगन्जको पसलहरु खोल्ने अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पसल खोल्ने अनुमति दिइएको उनले बताए ।

यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पसल खोल्ने पाउने बस्नेतले बताए ।

Back to top