×

वीरगंज १६ जेठ । नेपालमा विभिन्न जिल्लामा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा संक्रमण संंख्या १२१२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमितको संख्या १२१२ पुगेको जानकारी दिए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यति ठुलो संख्यामा संक्रमण पुष्टि देखिएको हो। एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो।

शुक्रबार संक्रमित पुष्टि भएका ६५ जना पुरुष छन् भने ५ महिला रहेका छन् । कुल संक्रमितमध्ये २ सय ६ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १ हजार १ सय ३ पुरुष र १ सय ९ महिला रहेका छन्। प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा १ सय ५७, प्रदेश २ मा ४ सय ९०, वागमती प्रदेशमा ४४, गण्डकी प्रदेश २०, प्रदेश ५ मा ४ सय ३३, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जनामा संक्रमण देखिएको छ ।

हालसम्म ५२ जिल्लामा कोरोना संक्रमण देखिएकाे छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र पटेल लगायत स्थानिय भद्रभलादमिहरुको उपस्थिति रहेको थियोे । ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगन्जदेखि पर्साको सेढवासम्मको ३० किलोमीटर सडक निर्माण गर्न सामग्री अभाव भएको निर्माण कम्पनीले जनाएको छ ।

३० किलोमिटरमध्ये ५० प्रतिशतभन्दा बढी काम भइसकेको भए पनि बाँकी काम अघि बढाउन आवश्यक सामग्री उपलब्ध नहुँदा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

Back to top