×

वीरगञ्ज, जेठ १० – बारामा एक जना पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारकी ३७ वर्षीया श्रीमतीमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।

शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।

कोरोनाको संक्रमण पुष्टि भएकी ती महिला यसअघि संक्रमित पत्रकारकी श्रीमती रहेको करैयामाई गाउँपालिकाका जन स्वाथ्य अधिकृत रामनाथ चौधरीले जानकारी दिए ।

‘गाउँपालिकामा थप एकजना महिला संक्रमित भेटिएकी छिन्,चौधरीले भने, ‘उनी यसअघि संक्रमित पाइएका पत्रकारकी श्रीमती हुन् ।’ संक्रमित महिलाको स्वाब ५ दिन पहिले संकलन गरिएको चौधरीको भनाई छ ।

यो सँगै बारामा संक्रमितहरुको सँख्या १२ पुगेको छ ।

Back to top