×

वीरगञ्ज, जेठ ९ - इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदको अवसरमा वीरगञ्ज महानगरपालिका वडा न ११ श्रीपुरका मुस्लिम युवाहरुले गरिब असायहरुलाई इद सामाग्री वितरण गरेका छन् ।

कोभिड १९ को महामारीका कारण जन जीवन अस्त व्यस्त भइरहेका बेला मुस्लिम समुदायले मनाउने पर्व ईद यस वर्ष भने खल्लो बनाउने निश्चित छ ।

यता मुस्लिम समुदायका अगुवाहरु आफ्नो समूदायलाई लकडाउनल पालाना गर्दै घरभित्र कै परिवारबीच पर्व मनाउन सबै माझ खबर पुर्‍याइरहेका छन् ।

विशेषगरी चाड पर्वमा मुस्लिम समुदायले आफू भित्रका गरिब सहायहरुलाई सहयोग गर्ने चलन एउटा मानवताको ज्वलन्त उदाहरण समेत बन्दै आएको छ ।

ईद नजिकिदै गर्दा वीरगन्जमा मुस्लिम युवाहरु सहयोगकाे कार्यमा पनि जुटी रहको पाइन्छ । शुक्रबार श्रीपुर-११ का मुस्लिम युवाहरुले त्यस क्षेत्रका १ सय असहाय तथा विपन्न परिवारलाई इदकाे सामग्री उपलब्ध गराएका छन् ।

विपन्न परिवारलाई श्रीपुर कास्मिया मस्जिदका एमाम मौलाना अताउल्लाहले आवश्यक सामग्री हस्तान्तरण गरेकाे मोहमद निजामुद्धिनले जानकारी दिनुभयो ।

सामग्री वितरण गर्न महम्मद सौकत्, महम्मद अन्वारुल हक, अब्दुल कैश हवारी, अबताभ हवारी, जफरान हवारी, सद्दाम हुसेन लगायतकाे सहभागिता रहेकाे थियाे ।

Back to top