×

काठमाडौँ, जेठ ८ - कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाई उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन्।

यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

Back to top