×

वीरगञ्ज, बैशाख २७ - पर्साको वीरगञ्जमा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार एउटा प्रेस विज्ञप्ति जारि गर्दै नेपाल थप ७ व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

थपिएका सङ्क्रमित मध्ये पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका छापकियाका ६२ वर्षीय एक पुरुष, कपिलवस्तुका १७ वर्षका र १८ वर्षीय २ गरि ३ पुरुष, उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीयगरि ३ महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जानेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सह-प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । यसैसँग नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ भने वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराईरहेको सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

थप विवरण आउन बाकि ।

Back to top