×

वीरगञ्ज, बैशाख १७ - विश्व नै कोरोनाभाइरस अर्थात कोभिड-१९ को संक्रमणले त्रासित भएको बेला नेपालमा पनि यसको रोकथामका लागि लकडाउन लगाईएको छ ।

नेपाल सरकारले संक्रमणलाई फैलन नदिने उद्द्येश्यले लगाएको लकडाउनको आज ३७ औँ दिन हो । पछिल्लो समयमा प्रदेश २ मा संक्रमितको संख्या बढेसँगै बैशाख २५ गते सम्म घोषणा गरिएको लकडाउन लम्बिने संकेत देखिन्छ । आज मात्र प्रदेश २ को पर्सा र बारा जिल्लामा थप नयाँ ३ संक्रमित भेटिएको पुष्टि भएको छ ।

संक्रमितको संख्या बढि रहँदा पर्सा जिल्ला र खासगरि वीरगञ्ज महानगरपालिको बजार क्षेत्रमा लकडाउनको पालना गराउन स्थानीय प्रहरी र प्रशासन फेल हुँदै गएको छ ।

लकडाउन घोषणा भएपछी घरेलु सामग्री खरिद गर्नका लागि स्थानीय प्रशासनले बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म आतिआवश्यक सामग्रीको पसल खोलेर लकडाउन खुकुलो पार्ने निर्णयले गर्दा भिडभाड बढेको हो । प्रशासनको कदम आवश्यक रहेपनि सामाजिक दुरीको नियम पालना नहुँदा भिडभाडका कारण संक्रमण फैलन डर बढेको छ ।

[caption id="attachment_29540" align="aligncenter" width="2228"] तस्विर : सुयस श्रेष्ठ / यात्रा डेली[/caption]

बजारमा सामग्री खरिद गर्ने भन्दा पनि बिन काम हिड्ने मान्छेहरुको संख्या बढि देखिन्छ । त्यसैगरि पसल र तरकारी बजारमा समेत स्थानीयहरुले सामाजिक दुरीको पालना नगर्दै एकै ठाउँमा भिडभाड गर्ने गरेका छन् भने बैङ्कहरु अगाडि लामो लाइन नै लाग्ने गरेको छ ।

बजार जाने स्थानीयहरुले सामाजी दुरीलगयात कोरोनाभाइरस रोकथामका लागि महत्वपूर्ण मानिएका सावधानीका कदम नअपनाउँदा भाइरस फैलन खतरा बढेको छ ।

यता प्रहरी र प्रशासनले पनि लकडाउनका समय सामाजिक दुरीको नियमलाई पालना गराउन नसक्दा वीरगञ्जमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

लकडाउन पालना नगर्दा संक्रमण बढेर जाने विज्ञहरुले बताउछन । अहिले आएर स्थानीय प्रशासन, प्रहरी र सरोकारवाला निकाय मिलेर लकडाउनको बेलामा बजार खोलिने समयमा परिवर्तन गर्न आवश्यक दिएको विज्ञहरुको भनाई छ । त्यसैगरि उनिहरुले सामाजिक दुरीको नियम पालना गराउन प्रहरी र प्रशासन थप एक्टिभ हुनुपर्नेमा जोड दिएका छन् ।

 

Back to top