×

वीरगञ्ज ७ वैशाख । कोरोना संक्रमण जोखीम न्यूनीकरणमा धयान नदिई आज पनि वीरगञ्जमा रहेका बैंकहरुले ग्राहकको भीडभाड हुने गरी सेवा सञ्चालन गर्न थालेका छन ।

कोरोना संक्रमण जोखीम न्यूनीकरणमा धयान नदिई केहिदिन अगाडी ग्राहकको भीडभाड हुने गरी सेवा सञ्चालन गर्न थाले पिछ नेपाल राष्ट्र बैंक वीरगञ्जको पहलमा वीरगञ्जका बैंकहरुले ग्राहकको भीडभाड नहुने गरी सेवा सञ्चालनको व्यवस्था मिलाउन आदेश दिएको थियो सो आदेसको पालना वीरगञ्जमा रहेका बैंकहरुले गरेका छैन ।

आदेश पछि कोरोना संक्रमणको जोखीम न्यूनीकरणका लागि वीरगञ्जमा वाणिज्य बैंकहरुले ग्राहकको भीडभाड नहुने गरी सेवा सञ्चालनको व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक वीरगञ्जको पहलमा मंगलवार वाणिज्य बैंकका शाखा प्रबन्धकहरूको छलफलले अब पालैपालो सेवा सञ्चालन गर्ने सहमति बनाएका थिए ।

लकडाउन अवधिभरि प्रत्येक आइतवार र सोमवार ९ ओटा, मंगलवार र बुधवार ८ ओटा, बिहीवार १० र शुक्रवार ६ ओटा बैंकका शाखा खुल्ने सहमति भएको थियो । लकडाउनमा सबै बैंकका शाखा खुल्दा ग्राहक र कर्मचारीको भीड बढ्ने र यसबाट कोराना संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी वीरगञ्जका बैंकर्सबीच यस्तो सहमति भएको थियो ।

वीरगञ्जमा २७ ओटा वाणिज्य बैंकले शाखा छन् । तोकिएका बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सञ्चालन गर्ने कुनै बैंकको शाखा बन्द रहेको दिनमा अत्यावश्यक परेमा सम्बन्धित शाखा प्रमुखलाई सम्पर्क गरेर सेवा लिन सकिने नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनबिक्रम थापाले बताएका थिए ।

यसअघि वीरगञ्जका २७ ओटै बैंकका शाखाले दैनिक २ घण्टा सेवा सञ्चालन गर्दै आएका थिए । स्थानीय प्रशासन र वीरगञ्ज महानगरको दबाबका कारण यसअघि सबै शाखा सञ्चालनमा आउँदा भिडभाड बढेको थियो ।

केही दिनअघि वीरगञ्जको एउटा वाणिज्य बैंकमा ग्राहकको भीड बढेपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । बैंकमा सेवाग्राहीको बढ्दो भीडका कारण कोरोनाका संक्रमण फैलिन सक्ने सम्भावना बढेको भन्दै बैंकहरू आलोपालो सेवा सञ्चालनका सहमतिमा पुगेका थिए । गत आइतवार वीरगञ्जमा ३ जनामा कोरोना संक्रमण पूष्टि भएपछि त्यसयता सतर्कता बढाइएको छ ।

Back to top