×

वीरगञ्ज २३ चैत्र । वीरगन्ज महानगरपालिकाको वडा नं.२५ सिरिसिया टोलको मौजे गाउँका अग्रज तथा युवाहरूको ब्यक्तिगत सहयोगबाट अति बिपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नं.२५ सिरिसियाका अग्रज तथा युवाहरूको ब्यक्तिगत सहयोगबाट संकलित १० किलो चामल, दाल, आलु, नुन र नगर एक सय रुपैया लगायतका सामग्री सिरिसिया टोलको मौजे गाउँका अति बिपन्न ३६ परिवारहरुलाई राहत सवरुप वितरण गरिएको हो ।

स्थानिय गोपाल प्रसाद कुर्मी, दशरथ कुर्मी, शिवसंकर पटेल कुर्मी, आशुतोष चतुर्वेदी र केदार कलवार लगायत अग्रज तथा युवाहरुले खाद्यान्न सामग्री संकलन गरि वितरण गरेका हुन् ।

बिश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले गरेको लकडाउनमा भोकै बस्ने अवस्था भएकालाई खाद्यानन्न सामग्री वितरण गरिएको चतुर्वेदीले वताए ।

Back to top