×

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महानगर भित्र गरिव असाहय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ ।

आफनो फेसबुक पेजमा एक सन्देश जारी गर्दै महानगर प्रमुख सरावगीले त्यसको लागि कार्यविधि पनि सार्वजनीक गर्नु भएको छ । खाद्य आवश्यकता भएका सीमान्तकृत नागरिकले सम्बन्धीत वडाध्यक्षलाई आफनो नाम दर्ता गराउनु पर्ने छ । दर्ता अनुसार प्राप्तल भएको बिववरणको आधारमा वीरगञ्ज महानगरपालिकाले अधिकृत स्तरको कर्मचारीको सहभागितामा र वडाध्यक्ष रोहवरमा सम्बन्धीत ब्यक्तिको घरदैलोमा खाद्य सामाग्री पुर्‍याइने कार्यविधि समेत सार्वजनीक गर्नु भएको छ ।

उहाँले वीरगञ्ज महानगरपालिकाले जारि गरिएका कोरोना (कोभिड १९) सक्रमणबाट बच्ने उपायहरुको पालन गरि आफु, आफ्नो परिवार र सामाजलाई जोगाउन योगदान दिन समेत महानगरवासीसंग आग्ह गर्नु भएको छ ।

कोरोना संक्रमणको औषधी र उपचार छैन । संक्रमण फैलिन नदिनु नै उत्तम उपचार भएकोले महानगर प्रमुख सरवागीले महानगरवासीसंग कुनै पनि प्रयोजनकोलागि घर बाहिर निस्कदा व्यक्ति व्यक्ति बीच कम्तिमा ३ फिटको दुरी कायम गरिदिन अनुरोध गर्नु भएको छ ।

जपसलका संचालकहरुलाई समेत ग्राहकरुको न्यूनतम दुरी ३ फिट हुने कुरा सुनिश्चित गर्न उहाँले आग्रह गर्नु भएको छ । उहाँले जुन पसलमा भिडभाड हुन्छ त्यस्ता पसल बन्द गरि तथा पसल धनि र भिडभाड गर्ने ग्राहकलाई कानुन बमोजिम कारवाही गरिने समेतको जानकारी गराउनु भएको छ ।

एउटै कुरा पटक पटक आग्ह गर्नु पर्ने भएकोले महानगरले केही कडा ब्यवस्था गरेको छ । पसल संचालकको कारवाहीको बिषय पनि त्यही भएको प्रमुख सरावगीले बताउनु भयो । उहाँले चिकित्सकको पूर्जी लिएर मात्र औषधी किन्न बजारमा निस्कन,एक टोल एक वार्डका नागरिकअर्को टोल अर्को वडामा नजान,हरेक वडाका किराना पसलहरु हिान ११ देखी दिउसो ३ बजे सम्म खोल्न,दुधको पसल बिहान ५ बजे देखि दिउसो ३ बजे सम्म,तरकारी पसल बिहान ५ बजे देखि बिहान ९ बजे सम्म खोल्न उहाँले अपिल गर्नु भएको छ ।

https://www.facebook.com/vijaykumar.sarawagi/posts/3008914009127647

तरकारी पसलहरु खुल्ला ठाउँमा र ठेलामा संचालन गर्न नपाइने । तरकारीको बिक्रीवितरण पसल रसटरहरुबाट मात्र वा वडा अध्यक्षले निर्धारण गरेको ठाउँबाट मात्र संचालन गर्न पाइने उहाँले जारी गरेको सन्देशमा उल्लेख छ।

ग्यासको डिपो निर्वाद्ध रुपमा खोल्ने । ग्यास सिलिन्डर टोकन प्रणाली द्वारा वितरण गरिने र जनप्रतिनिधिको समन्वयमा ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउने महानगर प्रमुखले जारी सन्देशम उल्लेख गर्नु भएको छ ।

महानगर प्रमुख सरावगीले खाद्यन्न,तरकारी खरिद गर्न सवारी साधन प्रयोग नर्गन ,सर समान गर्ने पसलमा भिड नगर्न थोक र खुद्रा तथा तरकारी बिक्रेताहरुलाई साँझ ६ बजे भित्र आफनो सामानको आपूर्ती गरिसक्न ,औषधी पसल खुला राख्न सन्देश मार्फत आग्रह गर्नु भएको छ ।

उहाँले सन्देश मार्फत नै विदेश र बाहिर बाट आएका तथा कोरोना (कोभिड १९) सक्रमणका शंकास्पद व्यक्तिको बारेमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउन हुन अनुरोध गनुृ भएको छ ।

Back to top