×

 

वीरगन्ज ९ चैत । कोभिड १९ अर्थाथ कोरोना भाईरस अहिले विश्वमा महामारीको रुप लिईसकेको छ । विश्वमा नेपाल बाहेक अन्य १५० भन्दा बढी मुलुकहरुमा कोरोनाको संक्रमित देखिएका छन् भने हजारौ मानिहरुसले यस महामारीबाट आफनो ज्यान समेत गुमाइ सकेका छन ।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि यस महामारीको चपेटामा आउन सक्ने र उच्च जोखिममा रहेको बताए पछि नेपाल सरकारले उच्च सतकर्ता अपनाउन थालेको हो । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको १० औं स्मृति दिवसको अवसर पारेर आज दोस्रो दिन पनि बिरगंज को घण्टाघर नजिक यात्रुहरुलाई सेनिटाइजर ले हात धुवाउनु को साथै ५०० जना सडक यात्रु निःशुल्क मास्क समेत वितरण गरिएको छ ।

जी.पी.फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले वीरगंजको घण्टाघर नजिक नगरवाशीको सुरक्षालाई मध्यनजर गरी सेवा गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। जीपी फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका धिरज कुमार गुप्ता, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र साह, संदिप केवट, नेपाली काग्रेंस बुथ वडा कार्य समिति ३ का संयोजक शेख नेजामुदिन, स्थानिय समाजसेवी शेरु उर्फ मेहबुब आलम, पप्पु सिंह, सुनिल सिंह, सेराज अंसारी, अख्तर अंसारी लगायत सन्चारकर्मी को सहभागिता रहेको थियो ।

Back to top