×

 

बीरगञ्ज ६ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको बैठकले जिल्लाका सम्पूर्ण निजि तथा आवासीय विद्यालयहरुलाई परिक्षा र पठनपाठन रोक्न निर्देशन दिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण तथा रोकथाम बारे बुधबार वीरगञ्जमा बसेको प्याब्स पर्साको आकष्मिक बैठकले प्याबसनले अर्को सूचना जारि नगरे सम्म जिल्लाका सम्पूर्ण विद्यालयहरुलाई परिक्षा र पठनपाठन रोक्न निर्णय गरेको हो ।

प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको सभापतित्वमा बसेको बैठकले सरकारको अनुरोध अनुरुप सम्पूर्ण शैक्षिक संस्थालाई सर्कुलर जारि गर्दै निर्णय कार्यन्वयन गर्न आग्रह गरेको प्याब्स वीरगञ्ज नगर कमिटिका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।

उनले विद्यार्थीहरुको स्वास्थ्य र शुरक्षालाई मध्यनजर गर्दै निर्णय लिनु परेको बताए । चौरसियाले सम्पूर्ण विद्यार्थी र अभिभावकलाई कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता अपनाउन समेत अनुरोध गरे ।

प्याब्सन पर्साको आकास्मिक रूपमा बसेको प्याब्सन जिल्ला अध्याक्ष हरिशंकर साह, सचिव छेदिपलामा, उपाध्यक्ष पुरण प्रधान, गौतम स्कुलका सोनमलामा, जिवन जोती स्कुलका शिव गुप्ता लगायतका निजी विधालयहरू संचालकहरुको सहभागिता रहेको थियो ।

Back to top