×

 

रौतहट ३० फागुन । भारत बाट रौतहटको नाका हुदै नेपाल प्रवेश गरेका पांच हजार भन्दा बढी मानिस लाइ स्वास्थ्य हेल्प डेक्स स्थापनागरी रौतहटमा कोरानेना भाइरस भए नभएको स्क्रिनिङ्ग गरीएको छ । रौतहटको गौर नपाको भन्सार क्षेत्र र बौधिमाइ नपाको बंकुल नाका बाट नेपाल प्रवेश गरेका ५ हजार तीन सय जनाको परिक्षण गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुव्वा रामनरेश साहले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय अन्र्तगतका सवै इकाइहरुले गाउगाउमा सचेतनाका कार्यक्रमहरु आयोजना गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताएका छन । हाटवजार, मेलापर्व, भेला, सभा, कन्सर्ट लगायतका भिडभाड हुने स्थानहरुमा नजान र त्यस्ता कार्यक्रम समेत आयोजना नगर्न अनुरोध गरीएको छ ।

गौर तथा बंकल नाकामा दैनिक १४ देखी १६ घण्टा स्वास्थ्यकर्मीको टोलीले नेपाल भित्रने मानिसको चेकजाच गरीरहेका छन । दुवै शिविरमा एम्वुलेन्स सहित स्वास्थ्यकर्मीहरु शिविर राखिएको छ । गौर, बौधीमाइ लगाएत भारतको सिमासंग जोडिएका नगरपालिकाहरुले सचेतनाका कार्यक्रमहरु गर्दै आएका छन । संचारमाध्यम बाट सचेतनाको सुचना प्रशारण , टोलटोलमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको गौर नगरपालिकाले जनाएको छ ।

Back to top