×

 

वीरगन्ज २४ फागुन । बीरगंज महानगर-२ छपकैयामा स्थित सार्वजनिक छठघाट पोखरी प्रमोद विक्रम शाहबाट खरीद गरेकी प्रतिभा बम मल्लले पुरजा अनुसारको जग्गा नपाएपछि सो प्राप्तिको लागि दिएको मुद्दा सम्बन्धमा पस्सा जिल्ला अदालतले सर्जमिनको लागि खटाएको टोली घटनास्थलमा नपुगी होटलमा सर्जमिन गरेको प्रमाण फेला परेको छ।

पर्सा जिल्ला अदालतमा प्रमोद बिक्रम शाहसँग २०४७ सालमा रै.नं. २२ हाल कित्ता नं. २१३ बाट ४ कट्ठा ५ धुर तथा १० धुर जग्गा खरीद गरेकी मल्लले सो अनुसारको जग्गा नपाएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। सो सम्बन्धमा अदालतले फागुन २१ गते स्थलगत सर्जमिनको आदेश दिएको थियो ।

सोही आदेश अनुसार बुधवार घटनास्थल छपकैया छठघाट पोखरीमा गएर सर्जमिन गर्नुपर्नेमा अदालतका कर्मचारी, नापीका कर्मचारी र मल्लका मानिसहरू होटल मकालुको फेमिली रेस्टुरेन्टमा बसेर सर्जमिन गरेका थिए। होटलमा सर्जमिन गरिएको श्रव्यदृश्य सार्वजनिक भएपछि सर्जमिन स्थगित गरिएको छ ।

नापीका अमिन अरुण चौधरीले सर्जमिनको लागि घटनास्थलमा गएको तर सर्जमिनमा हस्ताक्षर गर्ने मानिस फेला नपरेपछि सर्जमिन स्थगित गरी फिर्ता आएको प्रतीकलाई प्रतिक्रिया घाट पोखरीको सर्जमिन गर्दै अदालत र नापी दिए । जबकि घटनास्थलमा नगएर उनीहरू होटल मकालुमा बसी सर्जमिन मुचल्का गरेको प्रमाण फेला परेको छ।

छपकैया छठघाट पोखरी सम्बन्धमा प्रमोद विक्रम शाहको पक्षमा हकभोग गर्न सर्वोच्च अदालतले निर्णाय गरेपषछि

सो निर्णयविरुद्ध जफरुल अन्सारीले दिएको मुद्दा अहिले उच्च अदालतमा विचाराधीन छ । योबाहेक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्छ भनेर गरिएका अन्य आन्दोलनहरू अहिले स्थगित छन् ।

शर्मा पति अदालतमा प्रमोद विक्रम शाहसँगको सहकार्यमा छपकैया छठघाट पोखरीमा माटो भन्ने कार्यमा संलग्न रुद्रप्रसाद तिमिल्सिना (रामहरि शर्मा)ले अहिले शाहविरुद्ध ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेका छन् । उनले १५ करोड़ रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

शर्मांका अनुसार शाहले आफूसँग २०७४ सालमा হ ६० लाख लिएको र माटो भर्ने कार्यमा आफ्नो रु ४ करोड़ खर्च भएको भन्दै ब्याजसहित रु १५ करोड़ मागदाबी गरेका छन्। यो मुद्दा अहिले काठमाडौं जिल्ला नापीका कमंचारीहरू । यसअघि वीरगंजका गौरीशङ्कर साह तेलीले २०६४ सालमा शाहलाई सो जग्गा सम्बन्धमा रु ५ लाख दिएको भनी पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए। अदालतले रु १० लाख क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेपछि उच्च अदालतमा गएका थिए ।

तेलीको हकमा जिल्लाकै निर्णय कायम भएको थियो। तेलीलाई शाहले रु १० लाख दिएर पिण्ड छुटाएका थिए। पोखरी पुरियो तर भोग भएनप्र मोद विक्रम शाहको हकमा सर्वोच्चले निर्णय गरेपछि शाहले छठघाट पोखरीका लागि ७ कट्ठा र ईबगाहको लागि २ कट्ठा जग्गा छुट्याएर अन्य जग्गा बिक्रीका लागि पोखरी पुर्ने काम सम्पन्न भएपनि दुई वर्षदेखि भोग हुन सकेको छैन।

२०७४ सालसम्म करीब ४ विघा पोखरी रहेको छपकैया छठघाट अहिले सात कट्ठामा सीमित भएको छ। माटो पुरिए पनि अदालतको रोक्का र आपसी विवादको कारण अहिलेसम्म ईदगाह र छठघाटबाहेक अन्यले भोग गर्न सकेका

छैनन् । पुरिएको पोखरीमा स्थानीयले क्रिकेट मैदान बनाएर प्रतियोगिता आयोजन गर्दै आएका छन् । साभार prateek daily

https://youtu.be/ugaCqI-z7HM

Back to top