×

 

वीरगञ्ज २२ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साबाट नक्कली नागरिकताको आधारमा राहदानी बनाउन खोज्ने एक युवक पक्राउ परेका छन् ।

पर्साको चोर्नी गाविसको वडा नं.८ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नं.१३ बस्दै आएका सन्तोष साहका २१ वर्षिय छोरा अभिषेक साहलाई स्थानिय प्रशासन कार्यालयले पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाएको छ ।

नक्कली नागरिकताको प्रमाण पत्र नं. ३४-०१-७५-१४२५१ आधारमा अभिषेकले राहदानी बनाउन खोजेपछि उनलाई पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललित बस्नेतले बताए ।

कार्यालयका प्रशासकिय अधिकृत गोविन्द्र प्रसाद भण्डारीको नक्कली हस्ताक्षरमा २०७५ पौष ४ गते नक्कली नागरिकताको प्रमाण पत्र बनाएको उनले बताए । बैदेशिक रोजगारको लागि अभिषेकले बिहिबार जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि दिएको निवेदनमा शंका लागि अनुसन्धान गर्दै जाँदा उनले पेश गरेको नागरिकता नै नक्कली भएको भेटिएको हो ।

नक्कली नागरिकता पेश गरेकोमा प्रचलित कानुन बमोजिम कारवाहीको लागि अभिषेकलाई पर्सा प्रहरीको जिम्मा लगाईएको छ । नक्कली नागरिकताको घटना बाहिरीए लगतै हामी यसमा गम्भिर रुपमा अनुसन्धान गरी रहेका छौ, सहायक प्रजिअ बस्नेतले भने, ‘नक्कली नागरिकता बनाउने गिरोहलाई नै पक्राउ गर्न अनुसन्धान शुरु गरेका छौं

Back to top