×

 

बारा २२ फागुन । सशस्त्र प्रहरी बल, नेपाल बारा गणको संयोजनमा जिल्लाको तीन स्थानमा नोबल कोरोना भाइरस सम्बन्धी हेल्प डेस्क स्थापना गरीएको छ ।

जिल्लामा मित्रराष्ट्र भारतबाट आवागमन बढी हुने तिन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको हो।

कलैया उपमहानगर पालिका वडा नं १० स्थित मटिअर्वा, सिम्रौनगढ नपा ६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नं ३ स्थित सन्तगंज कबहिगोठमा एकैपटक स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुवेदीले बताए ।

बारा जिल्लाको प्रमुख नाका मटिअर्वा स्थित सशस्त्र प्रहरी बल, नेपाल बिओपि मटिअर्वाले आयोजना गरेको हेल्प डेस्कको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले गरेका हुन् । तर पर्सा जिल्लामा नोबल कोरोना भाइरस सम्बन्धी हेल्प डेस्क एक ठाउमा पनि स्थापना गरीएको छैन ।

Back to top