×

 

वीरगंज ४ माघ । वीरगंजको विभिन्न स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मर पोलहरुमा महानगरले विज्ञापन बोर्ड झुन्डयाएर वीरगंजलाई कुरुप बनाएको बोर्डहरु आज वीरगन्ज ग्रनसिटी सामुदायिक सेवा केन्द्रको पहलमा हटाईएको छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रवेश गरेपछि देशको विभिन्न स्थानहरुमा पर्यटकहरुलाई स्वागत गर्नको लागि विभिन्न किसिमका सजावट गरिरहेको समयमा वीरगंज महानगर कुरुप देखिएको जनगुनासो आउन थाले पछि वीरगन्ज ग्रनसिटी सामुदायिक सेवा केन्द्रले यो पहल सुरु गरेकोे हो ।

वीरगंज महानगरपालिकाले करौडो कमिशनको खेलमा ठेकाप्रथाको कारण ठेकेदारले विद्युतको पोलमा जहाँतहा बोर्ड लगाउदै राम्रो वीरगंज हाम्रो वीरगंजलाई कुरुप पार्दै आएको स्थानीयहरुको भनाइ रहेको छ ।

वीरगन्ज ग्रनसिटी सामुदायिक सेवा केन्द्रले यो बोर्डहरुलाई तीन दिन भित्र हटाउन रेडियोमा सूचना समेत सम्प्रेषण भईरहेकोे थियो र तीन दिन भित्र सो बोर्डहरु नहटाएको आज वीरगन्ज ग्रनसिटी सामुदायिक सेवा केन्द्र प्रहरीको सहयोले पोलमा जहाँतहा राखिएको बोर्डहरु हटाउन काम सुरु गरेको छ ।

https://www.facebook.com/ankushdailyofficial/

Back to top