×

 

वीरगन्ज ३ माघ । वीरगन्जका युवाहरूको एक समूहले नगर क्षेत्रमा चिसोले कठ्याङ्ग्रिएर जीवन बिताइरहेका गरिब तथा असहायहरूलाई न्यानो कपडा वितरण गरेका छन ।

समाज सेवामा सक्रिय भूमिका निर्वाह गरिरहेका जनता युवा क्लब नामक संस्थाले नगर क्षेत्रको फुटपाथमा जीवन बिताइरहेका गरिब तथा असाहायहरुलाई न्यानो लुगा तथा केही खाद्यान्न वस्तुहरू वितरण गरेको हो ।

वीरगन्जको घण्टाघर, आर्दशनगर, माई स्थान, बसपार्क, पावर हाउस लगायतको विभिन्न चोक चौराहामा खुल्ला आकाशमुनि जीवन बिताइरहेका व्यक्तिहरूको राहतको लागि कम्बल, स्वेटर र बिस्कुट वितरण गरिएको क्लबका अध्यक्ष मन्सुर खान बताए । करिब १ सय जनालाई कम्बल, ८५ जनालाई स्वेटर र खानको लागि बिस्कुट वितरण गरेका छन ।

Back to top