×

 

चिरन्जीवी यादव , बारा ३ माघ । बारामा चोरीको मोबाइल तथा गरगहनाहरु सहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका २२ जना मध्ये १८ जनालाई सोधपुछ पछि रिहा गरिएको तथा ४ जना लाई म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी बाराले जनाएको छ ।

बिहिवार बिहान इलाका प्रहरी कार्यालय कवहीगोठ बारा तथा सशस्त्र प्रहरी बल बिओपी कवहीगोठ बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बारा सुवर्ण गाउँपालिकाका वडा नं. ३ संतगंज स्थित सडकमा गढीमाई मेलाबाट फर्किदै गरेको सवारी साधन चेकजाँचको क्रममा BR 24 P 1958 नम्बरको बलेरो पिकप गाडीको हुडमाथी लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनिको १३ थान मोबाईल र महिलाहरूले नाक कानमा लगाउने पहेलो धातुको सानो– सानो फुली तथा रिङ समेत फेला परे पछि गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

म्याद थप भएकाहरुमा भारत विहार राज्य छपरा जिल्ला ग्राम माठिया वडा नं.९ निवासी जितेन्द्र तिवारी,गिता देवी,आकाश कुमार साह र गोलु तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Back to top