×

 

वीरगन्ज २८ पुस । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिपी प्रथम प्रदेश स्तरीय गोल्ड कपको समितिहरुको चयन गरेको छ । बसेको बैठकले माघ १८ गतेदेखि प्रदेश स्तरीय हुने गोल्ड कपका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको हो ।

जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकमा जिपी प्रथम गोल्ड कपका विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज कुमार गुप्ताले जनाएका छन् ।

फाउण्डेशनले ५० सदस्यीय मुल समितिको चयन गरेको छ । ९ उप समितिले सम्पूर्ण गतिविधि तथा व्यवस्थापन मिलाउने र्निणय गरेको मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले जनाए ।

Back to top