×

 

वीरगन्ज ७ पुस । भारत संग सिमा जोडिएको छिपहरमाई गाउपालिकाको भिस्वा बजारमा प्रहरी ज्यादती बढदै गएपछि त्याहाका व्यवसायी त्रसीत भएका छन ।

बिलबिजक भएको माल समानलाईपनि तस्करीको हो भनी प्रहरीले पक्राउ गर्न थालेपछि सधैं गुलजार रहदै आएको भिष्वा बजारको रौनक हराएको छ । व्यापारीहरू व्यापार व्यवसाय बन्द गरेर त्यसको विकल्प खोज्न थालेका छन । प्रहरीको ज्यादतीले अतालीएका व्यवसायीहरु संघ र प्रदेश सरकारलाई गुहार गर्दै आएका छन ।

गत महिना एउटा ट्रेक्टरमा स्थानिय १ दर्जन व्यवसायीले आफनो पसलकोलागि ल्याएको समान बिल बिजक हुदाहुदै प्रहरीले नियंत्रणमा लिएर भंसार बुझाएपछि व्यवसायीहरु सरकारलाई गुहार गरेका छन

संघ सरकारको गृह मंन्त्रालयमा पुगी घटनाबारे अवगत गराइसकेका स्थानिय व्यवसायीहरुको टोली आज जनकपुर पुगेर प्रदेश सरकारलाई पनि भिष्वा बजारको व्यवसाय जोगाउन गुहार गरेका छन । प्रदेश सांसदको अगुवाईमा व्यवसायीहरुको टोली मुख्यमन्त्रीलाई आफनो समस्या राख्न जनकपुर पुगेको हो ।

टोलीमा भिष्वा बजार समितीका अध्यक्ष गणेश जयसवाल , व्यवसायी सुरेन्द्र जयसवाल , किशोर जयसवाल , अरुण अग्रवाल लगायतका रहनु भएको छ । माओबादी द्वन्द्वकाल, मधेस आन्दोलन, भारतीय नाकाबन्दी लगायतका कुनै पनि कालखण्डमा प्रभावित नभएको भिष्वा बजारको व्यापार व्यवसाय अहिले प्रहरीको ज्यादतीका कारण खस्केको व्यापारीको गुनासो छ ।

छिपहरमाई गाउपालिका प्रमुख मनोज गुप्ताले प्रहरी प्रशासनले बजारका सबै व्यापारीलाई तस्करकै बिल्ला भिराउनु अनुचित रहेको बताउनु भयो । तस्करी गर्ने माथी कार्यवाही गर्नु पर्छ तर सिंगो बजारलाई नै तस्कर देख्नु अनुचित रहेको गुप्ताले बताउनु भएको छ ।

Back to top