×

 

वीरगंज २८ मंसिर । श्रीसिया नदी बचाऊ आन्दोलनका अभियन्ताहरूले रक्सौल अनुमण्डल पदाधिकारी अमित कुमारसँग भेट गरी सोबारेमा छलफल गरेका छन् ।

श्रीसिया नदी बचाऊ आन्दोलनका अध्यक्ष डा अनिलकुमार सिन्हाले ६ सूत्रीय माग अनुमण्डल अधिकारी अमित कुमारलाई बुझाएका थिए । उनले श्रीसिया नदीको पानी विषमा परिणत भइसकेको भन्दै वीरगंज महानगरपालिका र रक्सौल नगरपरिषद्ले आफनो फोहर अनवरतरूपमा दशगजा आसपासको बस्ती क्षेत्रमा फालिरहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

फालिएका फोहरमा आगो लगाउँदा त्यसबाट निस्कने डिओक्सिस, प्mयुरान्स, हेभी मेटल्स, कार्बन मोनोआक्साइड, नाइट्रिक आक्साइड, सल्फर डाइआक्साइड ग्यासले मानवलाई हानि पु¥याइरहेको पनि उनले बताए ।

मानिसको श्वास र प्रतिरक्षँतन्त्रमा धूवाँले नराम्रो असर परिरहेको उनको भनाइ थियो । उनले धूवाँले गर्दा रोग लागेर कतिपय बालबालिकाको मृत्यु भइसकेको बताए । उनले यसविरुद्धको आन्दोलनका बावजूद दुवैतर्पmबाट फोहर व्यवस्थापनतर्पm रुचि नदेखाइएको र स्थानीय प्रशासन पनि मौन रहेको आरोप लगाए ।

उनले पूर्वी चम्पारणका जिल्ला अधिकारीको आश्वासनपछि पनि दशगजामा फोहर फाल्ने कार्य बन्द नभएकोमा चिन्ता व्यक्त गरे । डा सिन्हाले दुवैतर्पmबाट फालिएका फोहरको कारण क्यान्सर, लिभर सिरोसिस, मृगौला र ब्रोन्काइटिसबाट सयौं व्यक्तिको मृत्यु भएको दाबी गरे ।

उनले फोहरकै कारण ११ जना बालबालिकाको मृत्यु भएको र थुप्रै बालबालिका प्रभावित भएको भन्दै यस विषयमा गम्भीर भइदिन आग्रह गरेका थिए । उनले यसबारेमा रक्सौल र वीरगंज प्रशासनसँग गम्भीर वार्तालाप गरेर समस्याको समाधान निकाल्न पनि सुझाव दिए । डा सिन्हाले फोहरको कारण सिर्जित अज्ञात रोगबाट मृत्यु भएका परिवारलाई मुआवजा दिन पनि माग गरे ।

कार्यक्रममा प्रा चन्द्रमा सिंह, डा हजारीप्रसाद गुप्ता, भाजपा जिल्ला प्रवक्ता गुड्डु सिंह, भाजयुमोका क्षेत्रीय प्रभारी जितेन्द्र कुमार, जिल्ला अध्यक्ष प्रा मनीष दुबे, जदयुका सुरेश कुमार, राजदका रवि मस्करा, भाजपाका नगर अध्यक्ष कन्हैया सर्राफलगायत सयौं व्यक्तिको सहभागिता थियो ।

Back to top