×

 

वीरगंज १९ मंसिर । ०६७।१।७ मा पर्सा जिल्ला अदालतबाट अधिकृत वारिसनामा लिएका बर्वागो ८ का ईस्माईल मियाँ र उनका ज्वाई सलिम मियाँ एक आपसमा मिलोमतो गरी मुद्दा मामिला मात्र हेर्नेगरी लिएको अधिकृत वारिसनामामा ‘‘खरिद बिक्री’’ हक हस्तान्तरण गर्न पाउने शब्दहरु थपी ०६७।८।१२ मा मुर्लीका जग्गाहरु पर्सा मालपोतको श्रेस्ताबाट खुलेको छ ।

आफुसंग रहेको अधिकृत वारिसनामा मा किर्तेगरी नियतवस केही शब्दहरु थपी पर्सा बर्वागोमा रहेको मुर्ली प्रसाद कायस्तको जग्गाहरु आफ्नो नाममा पारित गराई लिएको कायस्तका भाई उमानाथले थाहा पाउदा उक्त किर्ते गरेको विषय यतिखेर कानूनी परिसरमा चर्चा चुलिएको छ ।

अदालतबाट पारित गरिदिएको अधिकृत वारिसनामाको पत्र सम्बन्धित अधिकृत वारिसनामा गराई लिने व्यक्ति सम्बन्धित मालपोत कार्यालयमा उपस्थित भई सो अधिकृत वारिसनामाको बैधता सम्बन्धमा सम्बन्धित अदालतबाट कायम भए नभएको सम्बन्धमा बुझि अदालतबाट सो अधिकृत वारिसनामाको अधिकारिक्ताको सम्बन्धमा पुष्टि भई आएमा सो वारिसनामाबाट रितपुर्वकको लिखत पारित गरिदिने व्यवस्था रहेको मालपोतले किर्ते सम्बन्धमा सोधिएको प्रश्नमा आफ्नो तर्क प्रस्तुत गरेको सुनिन्छ । यस्तो अकाट्य व्यवस्था हुँदा हुदै पनि जग्गा लिने र दिनेले यस विषयमा कुनै पहल नगर्नु यो त्यतिकै रहस्यपुर्ण छ ।

उतिखेरका जग्गा पास गरिदिने ना।सु। मदन प्रसाद गुप्ता भने यस्तै चर्तीकलाले यतिखेर अख्तियारको पासोमा छन् ।

आरोपित मध्ये पर्सा नगरदाहा गविस वडानं।३ परिवर्तित बहुदरमाई नगरपालिका ३ का सलिम मियाँ किर्ते जाहिरीमा अनुसन्धानको क्रममा यतिखेर पर्सा प्रहरीको हिरासतमा छन् । अरु भने फरार छन् ।

आरोपितहरु ०६७।८।१२ मा जग्गा पास गराउदा प्रस्तुत गरेको अधिकृत वारिसनामा पनि अनेकौ अनुत्रित प्रश्नहरुको घेरामा परेको छ । पर्सा जिल्ला अदालतले ०६७।१।७ मा पारित गरिदिएको अधिकृत वारिसनामा अदालतको अभिलेखमा रहेको एक सक्कल प्रतिमा २९ लाईन रहेको छ भने सलिमहरुले पर्सा मालपोतमा प्रस्तुत गरेको अधिकृत वारिसनामा लिखत लाईन मात्र २६ रहेको छ । सक्कल प्रति भन्दा प्रस्तुत गरेका लिखतमा ३ लाईन हराउनु आफैमा रहस्यमय बनेको छ ।

मालपोतमा प्रस्तुत गरेका अधिकृत वारिसनामामा माथिको लाईनबाट छैठौ र सातौ लाईनको बीचमा उनीहरुले बठयाई पुर्वक आफ्नो अनुकुल केही शब्दहरु थपी किर्तेगरेको प्रस्टसाथ देखिएपनि लिखत भित्रका तीन लाईन कता खर्चिए यो पनि अनुसन्धानको दायरा भित्र समेट्नु पर्ने कानुन विद्धहरुको जिकिर छ ।

यति मात्र होईन अधिकृत वारिसनामा लेखि तयार पारिदिने अधिवक्ताको पनि यसमा के कति संलग्नता छ त्यो पनि नितान्त खोजीको विषय बनाउनु पर्छ भने उहाको माग पनि देखिन्छ ।

यशर्थ किः– अदालत संग रहेको मुल प्रति र व्यक्तिसंग रहेको प्रति पनि लेख्ने एउटै व्यक्ति९अधिवक्ता नौसाद अहमद० भएको हुँदा यो तर्क यतिखेर उब्जिएको हो ।

Back to top