×

 

बारा १८ मंसिर । सस्तो लोकप्रिय कमाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिजो मन्दिरमा पूजा आराधना गर्ने क्रममा विश्व प्रसिद्ध बाराको महागढीमाई मन्दिर व्यवस्थापन समितिलाई २० लाख दिने घोषना गरेका छन ।

एक साता अगाडी प्रदेश नं. २ को मन्त्रि परिषदबाट जनकपुरधामको जानकी मन्दिर व्यवस्थापन समितिलाई ५० लाख र विश्व प्रसिद्ध बाराको महागढीमाई मन्दिर व्यवस्थापन समितिलाई २० लाख दिने निर्णय गरिएको र सो रकम निकासा समेत भई सकेको प्रदेश नं. २ का एक सांसदले बताए तर सस्तो लोकप्रिय कमाउन हिजो मुख्यमन्त्री राउतले बाराको महागढीमाई मन्दिरमा पूजा आराधना गर्ने क्रममा २० लाख दिने घोषना गरेका छन ।

मंगलबार साँझ मन्दिर पुगेका मुख्यमन्त्री राउतलाई मुख्य पुजारी मंगल चौधरीले पूजा आराधना पछि महागढीमाई मन्दिर व्यवस्थापन समितिलाई २० लाख दिने भन्दै आफनो प्रचार बाजि गराएका छन ।

पूजा आराधना सकिन साथ मुख्यमन्त्री राउतले मेलाको स्थलगत अवलोकन गरेका थिए । उनले मेला व्यवस्थापन समितिसँग भेट गर्दै मेलाको अवस्थाका बारेमा जानकारी लिए ।

सो अवसरमा मुख्यमन्त्री राउतले मेला व्यवस्थापनमा कुनै कठिनाई नहोस् भन्नका लागि २० लाख रुपैयाँ मेला समितिलाई दिने जानकारी दिए । उनले धार्मिक पर्यटक भित्र्याउन गढीमाईले महत्वपूर्ण भूमिका खेलेको बताउदै यसको सम्बद्र्धन र विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानिय सरकारसँग समन्वय गरी ठोस कार्ययोजना ल्याउने बताए ।

देश विदेशबाट लाखौ भक्तजनहरु गढीमाईमा दर्शनका लागि आएको हुँदा उनिहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन मेला समितिलाई आग्रह समेत गरेको मुख्यमन्त्रिका स्वकिय सचिव दिपक यादवले जानकारी दिए ।

Back to top