×

 

वीरगन्ज,२८ कार्तिक । विश्व मधुमेह दिवसको असरमा लायन्स क्लब वीरगन्ज आदर्श नगरले निशुल्क मधुमेह जाँच शिविरको आयोजना गरेको छ । वीरगन्जको घडिअर्वा पोखरिको प्रङ्गनमा आयोजना गरिएको कार्यक्रममा १५० भन्दा बढीले निशुल्क मधुमेहको परिक्षण गराएको छन् ।

लायन्स क्लब वीरगन्ज आदर्श नगरका अध्यक्ष राजेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको शिविरमा डा. नुर आलम तथा कैश हुसेनले शिविरमा आउँनेहरुको मधुमेह परिक्षण गरेका थिए ।

सो अवसरमा लायन्स क्लबका प्रकाश बाहेती,शंकर मालु,बिनय बन्सल,राजेश अग्रवाल,संदित अग्रवाल लगाएको उपस्थिती रहेको थियो ।

मधुमेहको वारे सचेत गाउँनु तथा नयाँ बिरामी पत्ता लगाउँन पनि यो शिविरले बिषेश सहयोग पु¥याउँने आयोजकले जनाएको छ । आज विश्व मधुमेह दिवस विश्व भरी बिभन्न कार्यक्रम गरी मनाईदैछ ।

Back to top