×

 

वीरगन्ज २६ कात्र्तिक । वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

नेपाल टेलीकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरेको हो । गत आश्विन २६ गते सार्वनीक स्थल घन्टाघरमा नगर प्रमुख विजयकुमार सरावगीलाई अपशब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेका आरोपमा तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

उनले गरेको गाली बेइज्जती रंजीत चौरसिया जोर्नलिष्ट फेसबुक प्रोफाइलबाट डाउनलोड गरिए नगर प्रमुखलाई निराधार बदनाम गराउनुको साथै गालीबेइजती समेत गर्ने कार्यभएको आरोप प्रहरीले तिवारीलाई पक्राउ गरी आवश्यक कार्यवाहि अगाडि बढाएको छ ।

Back to top