×

 

वीरगन्ज, २२ कार्तिक । वीरगन्ज महानगरपालिका–३० लालपर्सास्थित २ बिघा ५ कठ्ठा सार्वजनिक ऐलानी जग्गा अतिक्रमाण्को चपेटामा परेको छ । युनाइटेड लोजेस्टिकले स्थानीय बाहुबलीको आडमा जग्गा हडप्न खाजेका छन् ।

एैलानी पर्ती जग्गामा आँखा लगाउने र मौका परे अपराधीक कार्यमा संलग्न भई छोटो अवधिमा माल कमाउन पल्केका गेनालाल राउत कुर्मी र पटक–पटक विभिन्न जालसाजी काम गरेवापत अदालतबाट दण्डित भएका र खास गरी लालपर्सामा भारतीय मुस्लिमहरुलाई आयात गरी नेपाली नागरिकता दिलाउन सफल भएका वीरगंज महानगरपालिका वडा नं. ३० मा नेकपाबाट निर्वाचित वडाअध्यक्ष अमानत अंसारीले स्थानीय बासीहरुको भावनाको विपरित उद्योगपतिसंग मिलेर एैलानी जग्गा कब्जा गराई माल तान्ने प्रयत्नमा जुटेका छन् ।

वीरगंज महानगरपालिकामा निर्वाचित हुनुभन्दा अगाडी मेयर बिजय सरावगीले स्थानीय जनताहरुलाई मेरो कसम’ नामक पम्पलेट बांडेका थिए । त्यो पम्पलेटमात्र नभई आफ्नो सपथ–पत्र भएको भन्दै हरेक वडामा जेष्ठ नागरिकको लागी पार्क निर्माण गर्ने सपना बाडेका थिए ।

उनले बांडेको सपना बमोजिम त्यस क्षेत्रका युवाहरुले लालपर्सामा हालका भुमाफियाले कब्जा गर्न खाजेको जग्गामा पार्क निर्माण गर्ने योजना बनाएका थिए । तर मेयरले देखेको सपनामाथि तुसारापात गर्दै भु–माफियाहरुले जग्गा कब्जा गर्न खोजेपछि युवाहरुले विरोध गरेको भएतापनि स्थानीय युवाहरुलाई मेयर सरावगीको सहयोग नभएको बताइन्छ ।

न्यु नमुना युवा क्लबले सार्वजनिक जग्गा संरक्षणको लागि गाडिएको पिलर भु–माफियाहरुले भत्काइदिएका छन् । यस सन्दर्भमा मेयर सरावगीको कुनै चासो देखिदैन बरु जिल्ला प्रशासन कार्यायल पर्साले चासो देखाएर सो सार्वजनिक एैलानी जग्गामा कुनै किसिमको निर्माण कार्य गर्न अवरोध लगाएको छ ।

सुक्खा बन्दरगाह रोडबाट दक्षिणमा रहेको साविक लालपर्सा गाविस–२ को कित्ता नम्बर १५४ र १५९ को ऐलानी जग्गामा श्री युनाइटेड लोजेस्टिक नेपाल (विशाल ग्रुप) ले माटो भर्न पाउनुपर्छ भन्दै सो वडाका वडाध्यक्ष अमानत अंसारीले आउने शनिबार सो क्षेत्रका युवाहरुलाई अन्यत्र लगेर पिकनिक खुवाउने योजना बनाएको बताइन्छ । ankushdaily.com बाट

Back to top