×

 

वीरगन्ज १४ कार्तिक । महानगरपालिका भित्र छठपर्वलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्न विभिन्न वडाहरुको अनुगमनलाई तिब्रता दिनु भएको छ । तिहार पर्व सकेलगतै बुधबार देखि नगर प्रमुख सरावगीले महानगरपालिकाका कर्मचारी सहितको टोलीलिई बिहानै देखि छठघाटहरुपकिो अनुगमन तथा व्यवस्थापनमा जुटनु भएको छ ।

महानगरभित्र रहेका घडिहर्वा पोखरी,नगवा पोखरी,मुर्ली पोखरी ,रानिघाट छठघाटको स्थलगत अनुगमन गरी व्यवस्थापनको बारेमा रहेका कमिकमजोरीलाई निर्मुल गर्न निर्देसन दिनु भएको छ ।

केहि छठघाटहरुमा देखिका आवत जावतका समस्या,सरसफाइलाई तत्काल व्यवस्थापन गर्न महानगरपालिका कर्मचारीहरुलाई आदेश दिनु भयो ।महानगरपालिमा रहेका ग्रामिण भेगका विभिन्न वडाहरुमा रहेको छठीघाटहरुको अनुगमन गर्दै उहाले पुजालाई व्यवस्थित एवम सुरक्षित रुपमा सम्मपन्न गराउने सबै वडा अध्यक्ष,एवम सदस्यहरुलाई जुटन अपिल गर्नुभयो ।

छठघाटहरुको व्यवस्थापनको लागी महानगरपालिकाद्धारा व्यवस्था विभिन्न सामग्रीहरु समेतको व्यवस्थापनलाई सबै ठाउहरुमा उचितरुपमा प्रयोग गर्ने उहाको विशेष निर्देशन समेत रहेको छ ।

ग्रमिण भेगमा रहेका रामगढवा, बहुअरी ,वार्ड नम्बर२७मा पर्ने उदयपुर घुमी ,वार्ड न२८ मा पर्ने दरदर्वा ,इनर्वा ,बगहिको छटघार्ट बसडिल्वा ,मुसैलीमा छ्टघाटहरु र वार्ड न २२का जगरनाथपुर लगायत सबै वडाहरुको छठघाठमा नगर प्रमुखद्धारा अनुगमन गरिएको उहाका राजनैतिक सल्लहकार मुकेश द्धिवेदीले बताउनु भयो ।

उहाको अनुगमनमा पार्टीका केन्द्रिय सदस्य शशि कपुर मिया , रज्नितिक सल्लाहकार मुकेश द्विवेदी, युवा नेता पिन्टु उपाध्याय संबंधित सबै वार्डका वाडा अध्यक्ष ,पुजा समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Back to top