×

वीरगंज, कार्तिक ८ - वीरगंजस्थित नेसनल मेडिकल कलेजमा प्राशासंले विद्यार्थीहरुमाथि गरेको कुटिपिट ताहा दमनको विरोधमा वीरगंजमा शुक्रबार प्रदर्शन गरिएको छ । विभिन्न विद्यार्थी संगठनहरुबाट आबद्ध विद्यार्थी नेताहरुले आज दिउँसो घण्टाघरमा कलेज विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

विद्यार्थी माथीको दमन बन्द गर, विद्यार्थीहरुलाई कुटपिट गर्ने र गराउनेलाई कार्वाही गर, सरकारले निर्धारण गरेको शुल्क लागू गर, अशुल गरिएको बढी रकम फिर्ता गर, मेडिकल माफिया मुर्दाबाद लगायतका नारा प्ले कार्ड सहित बिद्यार्थी अगुवाहरु प्रदर्सन गरेका छन् ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका संघका रोशन सिंह (मुन्ना), बिकास तिवारी, बाल्मिकी यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य निखिल बरनवाल, सुजीत गिरी, शशिकान्त सर्राफलगायतकाको सहभागिता रहेको थियो ।

त्यसैगरी विद्यार्थी संगठनहरुले नेसनल मेडिकल कलेजले गरेको विद्यार्थीहरु माथि भएको दमनलाई गम्भिरतापूर्वक लिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समे बुझाएका छन् । विभिन्न विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Back to top