×

 

वीरगन्ज ७ कातिक । सामाजीक उत्तरदाईत्वो अन्र्तरगत सिएमजी क्लब विरगन्जले १० थान साइकल वितरण गराएको छ ।

शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सिएमजी क्लबले जिल्ला ट्राफिक कार्यलय पर्सालाई १० थान साइकल उपलब्ध गराएको हो ।

ट्राफिक लाइट र साइरन जडित साइकल उक्त क्लबका निर्देशक महेश्वरमान जोशीले प्रहरी निरीक्षक राजकुमार सिंहलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रमा प्रहरी निरीक्षक सिंहले विरगन्ज महानगर पालिकाकको शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

दिपावली तथा छटको अवसरमा हुने अपराधिक घटना नियन्त्रण संगै बजार व्यावस्थापन कार्यमा सहयोग पुग्ने निर्देशक जोशिले बताए ।

क्लवले यसअघि उक्त क्लवले सर्लाहीमा ६०, विराटनगरमा १० र काण्माण्दौमा १० ओटा साइकल वितरण गरिसकेको छ ।

नेपालमा दैविक विपद पर्दा क्लवले विभिन्न समयमा सहयोग गर्दै आएको जोशिले बताए । कार्यक्रममा पत्रकार, प्रहरी र क्लबका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

Back to top