×

 

वीरगंज २३ असोज । वीरगंज विकास युवा संघर्ष समितिले वीरगंजको बाटो फरकिलो पार्नु पर्ने भन्दै वीरगंजमा प्रर्दशन तथा चक्का जाम गरिएको छ ।

वीरगंज विकास युवा संघर्ष समितिले आज वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरुको बिरुधमा वीरगंजका युवाहरू बिरोध प्रर्दशन तथा चक्का जाम गरेको संघर्ष समितिका अध्यक्ष अकलेश साहले बताए ।

वीरगंज विकास युवा संघर्ष समितिको अध्यक्ष अकलेस साहको नेत्रित्वमा गएका संदिप विक्रम साह बिबेक कुमार साह, रंजित चौरसिया, राकेश पटेल, महमुद अंसारी, रामबाबु मण्डल, दाऊद अंसारी,शुभनारायन ठाकुर,सम्शुल हक लगायतले प्रदर्शन तथा चका जाम गर्दै बीरगंज बिकासका बाधक तथा बिरोद्धिहरुको बिरुद्धमा चर्को नाराबाजी समेत गरेका थिए ।

Back to top