×

वीरगन्ज १७ असोज । नेपाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्रसिंह चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको प्राण हुने बताउनु भएको छ । आज शुक्रबार महोत्तरीको बर्दिवासमा महोत्तरी मिडिया प्रालिबाट सञ्चालित महोत्तरी पोस्ट (अनलाइन पत्रिका) प्रथम बर्षगाँठ समारोहलाइ सम्बोधन गर्दै अध्यक्ष चौहानले सत्य र खोजमूलक समचारले पत्रकारलाइ स्थापित गर्ने बताउनु भएको हो ।

दौडादौड गरेर अपुरो र अस्पष्ट सामग्री हतारमा पस्कदा आम जनता, सञ्चारमाध्यम र स्वयं पत्रकार कसैलाइ हित नहुने चौहानको भनाइ थियो । जनताका लागि पत्रकार निशुल्क सूचना दिने स्वयंसेवी भएका अध्यक्ष चौहानले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका चौहानले महोत्तरीपोस्ट अनलाइनले एक बर्ष पुरा गरेको अवसरमा बधाइ ज्ञापन गर्नुभयो । अध्यक्ष चौहानले शुक्रबार नै बर्दिवासमा महोत्तरीपोस्ट अनलाइनको कार्यालय उद्घाटन पनि गर्नुभयो ।

समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष केसी लामिछाने, प्रदेशसभा सदस्य शारदा थापा, पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलसहितका अतिथिले रवाफसँग नडग्न र सत्यलाइ आत्मसाथ गर्नसके मात्र पत्रकारिता पेशाले सार्थकता पाउने कुरा पत्रकारले बुझन आवश्यक भएको सुझाव दिनुभयो ।

महोत्तरीपोस्टको प्रथम बर्षगाँठ समारोहमा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश–२ का अध्यक्ष हिरालाल गौतम, भंगहा र औरही नगरपालिकाका मेयरहरु सञ्जिवकुमार साह र सुनिलकुमार यादबले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

समारोह महोत्तरी मिडिया प्रालिका कार्यकारी सञ्चालक अमृतकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

Back to top