×

 

वीरगन्ज ९ असोज । वीरगंजको मेन रोड चौडा पार्ने कार्यको बाधक पर्साका केही नेताहरु भएका छन । मेन रोड २५/२५ मिटर नतोडन नेकपा, कांग्रेस र राजपाका केही नेता सहितको जम्बोटोली काठमाण्डौ पुगे पछि वीरगंजका जनता तिनिहरु प्रति आक्रोशित भएका छन ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडक चौंडा गर्ने सुचना जारी भएपछि वीरगन्जको मुख्य सडकमा घर भएका घरधनीहरु आफनो घर जोगाउन पर्साका केहि राजनीतिक दलका नेताहरुलाई पैसा बाडेको वीरगन्जमा ब्यापक चर्चा रहेको छ ।

वीरगन्ज मेन रोडमा रहेका घर धनीहरुको खर्चमा आकासबाट सैयर गर्दै काठमाण्ढौ गएका पर्साका केहि राजनीतिक दलका नेताहरु भौतिक पुर्बाधार तथा यातायात ब्यबस्थामन्त्री रघुबीर महासेठलाई भेटी वीरगन्ज मेन सडक दायाँबायाँ दुबैतर्फ २५ मिटरका सडक चौंडा नगर्न आग्रह गरेका छन ।

वीरगन्ज मेन रोडका घर धनीहरुको खर्चमा आकासबाट काठमाण्ढौ सैयर गर्ने टोलीमा सहभागि राजनीतिक दलका नेताहरुले बैकल्पिक मार्गहुदाहुँदै त्यसको अध्ययन गरि बिकल्पखोज्न समेत माग गरेका छन ।

वीरगन्ज मेन रोडका घर धनीहरुको खर्चमा सैयर गर्ने टोलीमा सहभागिहरु नेपाल कम्युनिष्ट पाटीका नागेन्द्र चौधरी, राजकुमार गुप्ता, रामचन्द्र साह, जुनेद अन्सारी, प्रभुहजरा, चिरञ्जीबि आचार्य, मनोज चौधरी, नवराजशर्मा रहेका छन भने राजपाबाट प्रतिनिधी सभाका सदस्य लक्ष्मण लाल कर्ण छन तेस्तै नेपाली कांग्रेसबाट नेता अजयकुमार द्धिबेदी, रामनारायण प्रसाद कुर्मी रहेका छन ।

यता नेताहरुको खर्च तिर्ने र काठमाण्ढौमा मैज मस्ती गराउन वीरगन्ज मेन रोडमा घरभएकाहरु नारायणजी रौनियार, प्रदिप केडिया, गोपाल केडिया, जबाहर प्रसाद गुप्ता, राधेश्याम गुप्ता, सन्नीगुप्ता, बीरगंज बचाउ संघर्ष समितीका सदस्याहरु रहेको श्रोतले जनाएको छ ।

तर बीरगंज महानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगी, सांसदहरु प्रदिप यादब, बिमल प्रसाद श्रीवास्तब लगायतको उपस्थिति भने थिएन ।

वीरगंजको मेनरोडमा दिनहु जामहको समस्या हुने कारणले जनताहरुलाई सास्ती भोग्नु तर्फ नेताहरुको ध्यान नपुग्नु र पइसाको लोभमा विकासको वाधक बन्ने नेताहरुप्रति जनता आक्रोशित भएका छन । मेन रोड नतोडने अभियानमा लागेका नेताहरुलाई विकास विरोधी नेता भन्दै आलोचना पनि सुरु भएको छ ।

Back to top