×

वीरगन्ज ८ भदौ । अख्तियार अनुसन्धानको लापरबाहीले पुरै भ्रष्ट्राचारमा लिप्त नारायणी यातायात कार्यालयका कर्मचारीको सरूवा भएका ता पनि रमाना नबुझेर यातायात कार्यालयमै खम्बा जमाएर बसेका छन् भने उनीहरूको स्थानमा अन्यञबाट सरूवा भएर नयाँ आएका कर्मचारी हरूलाई काम गर्न समेत दिएका छैन्न ।

नारायाणी यातायात व्यवस्था कार्यालय वीरंगजबाट अन्यत्र सरूवा भएका रोहित कोइराला, मनोज निरौला, शंकर पोखरेल, केशर बहादुर राई, विप्लव भट्टराई, महेन्द् गुरूड, प्रबिन गुरागाई, शम्भु चौधरी, लगायतका कमचारीहरू रमाना नबुझेर यातायात कार्यालयमै खम्बा जमाएर बसी माल कमाउदै छन् ।

उनीहरूको स्थानमा नयाँ सरुवा भई आएका कर्मचारीहरूलाई काम गर्न दिएका छैन्न् । कोइराला, निरौला, पोखरेल, राई, भट्टराई, गुरूड, गुरागाई र चौधरीहरुले नयाँ सरुवा भई आएका कर्मचारीहरूलाई काम गर्न नदि आफुहरुले पालेको गुण्डा लगाई धम्क्याउने गरेका छन् ।

सवारीका साधन चालक अनुमति पत्र (लाईसेन्स) वितरणमा व्यापक अनियमितता गरेर अकुत सम्पति आजन गरेका भष्ट्राचारी कर्मचारीहरूलाई अखितयार दुरूपयोग अनुसन्धान आयोगले समेत कारवाही गर्न सकेको छैन ।

आफुहरूको माथि सम्म सेटिङ्ग रहेकोले कोही कसैले केहि बिगार्न नसक्ने भनि धक्कु समेत कोइराला, निरौला, पोखरेल, राई, भट्टराई, गुरूड, गुरागाई र चौधरीहरुले लगाउने गरेका छन् ।

नारायाणी यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूले गर्दै आएको भष्ट्राचार जगजाहेर छ तर पनि कारवाही भएको छैन । जसले गदा भष्ट्राचारी कर्मचारीहरूको मनोबल उच्च बनेको छ ।

Back to top