×

वीरगन्ज ८ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको गाडी प्रयोग गरेको देखिएको छ । पर्सा प्रहरी क्राईम टोलीले करिब एक महिना अगाडी बाराको सिमाना स्थित गण्डक बहुअरी एरियाबाट एसके.०१ पिबी ३७६३ नम्बरको भारतीय स्कारपियो गाडी अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

एसके.०१ पिबी ३७६३ नम्बरको भारतीय स्कारपियो गाडी अनुसन्धानको लागि पक्राउ गरि लयाए पनि गाडी भन्सार नपठाई पर्सा प्रहरीले आफनो प्रयोगमा राखिएको देखिएको छ भदौ ५ गते प्रहरीले गाडी प्रयोग गरि माईस्थान चौकमा पाकिङ्गमा देखिएको थियो ।

अपराध नियन्त्रणका लागि पर्साका एसपी सोमेन्द्र सिंह राठौंरले आफनो विश्वासिलो पात्रको रुपमा खटाएका प्रहरी नायब निरिक्षक विदुर शिवाकोटीले चोरीको भारतीय गाडी प्रयोग गरीरहेको देखिएको हो ।

शिवाकोटीले पक्राउ गरेको चोरीको गाडी हाल सम्म प्रयोग गर्दै आएका छन । जिल्लामा घटने चोरीको घटना नियन्त्रण गर्ने निकायले नै चोरीको गाडी प्रयोग गर्नु कति न्यायचित हुन्छ आम सर्वसाधारणको चासोको विषय बनेको छ ।

Back to top