×

वीरगञ्ज । हुण्डीको कारोवार गर्ने गरेको आरोपमा वीरगञ्जबाट पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले वैंक–वित्तिय संस्था तथा संगठित अपराध मुद्दा अन्तर्गत १ अर्ब २८ करोड ४३ लाख ३९ हजार ७ सय २३ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा पेश गरेको छ ।

हुण्डीको कारोवार गर्ने गरेको आरोपमा पर्सा प्रहरीको फरार सुचिमा रहेका वीरगन्ज माईस्थान स्थित ‘केपी स्वर्ण कलाकेन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार २ महिना बितिसक्दा पनि प्रहरीले फेला पर्न सकेको छैन ।

यता असार १३ गते सुनचाँदी ब्यवसायी संघ प्रदेश नं.२ का अध्यक्ष शिव जी सोनार सुनचाँदी ब्यवसायी संघ पर्साका उपाध्यक्ष भुलन सर्राफ, बच्चा सोनार, महा सचिव परवेज सर्राफ, कन्हैयाका सालो सन्दीप सर्राफ लगायत वीरगन्जका सुनचाँदी पसलका संचालकहरुले पत्रकार सम्मेलन गरि कन्हैया धार्मिक भ्रमणमा भारतमा गएका छन २ चार दिनमा कन्हैया वीरगन्ज आउने भनेका थिए तर पछि कन्हैया प्रसाद सोनार भगाउन सुनचादी व्यवसायी संघकै पदाधिकारीहरुको मुख्य भूमीका खेलेको प्रहरीको भनाई रहेको छ ।

तर हुण्डी कारोबारको नाममा प्रहरीले वैध रहेको रकमलाई अवैध बनाउने प्रयास गरेको र केपी स्वर्णकला केन्द्रको नाममा वार्षीक ८० देखि ९० करोडसम्म कारोबार रहेको बताएका थिए । तर २ महिना बितिस्कदा पनि कन्हैया सोनार वीरगन्ज आएनन् । यसर्थ कन्हैयाको अवेध कारोबारको संरक्षणमा पर्सा सुनचाँदी ब्यवसायीहरु खुलेर सहयोग गरेको देखिन्छ ।

असार ९ गते पर्सा प्रहरीले के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनारले गरेको हुण्डी कारोबारमा समलग्न रहेको भन्दै उनको सुनचाँदी पसलबाट नगद ४१ लाख ९२ हजार ९ सय नगद सहित रौतहट चन्द्रपुर वडा नं.७ बस्ने बर्ष ३३ को बिनोद सुनार, जिल्ला पर्सा छिपहरमाई वडा नं.२ बस्ने बर्ष ३५ को राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने बर्ष ३६को सुनिल कुमार प्रसाद,जिल्ला पर्सा बीरगंज नं.१० बस्ने बर्ष २६ को चन्दन कुमार सर्राफ, जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं.६ बस्ने बर्ष ३७ को राकेश कुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुर बस्ने बर्ष ३५ को गुलाब साह, जिल्ला पर्सा विन्दवासिनी गापा वडा नं.२ बस्ने बर्ष २४ को सुजित कुमार साह र जिल्ला बारा परवानीपर गाप वडा नं.१ बुनियाद बस्ने बर्ष २९ को घनश्याम सर्राफ पक्राउ गरेको थियो ।

हुण्डी कारोवार हुदै गरेको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगन्ज महानगरपालिका ६ माइस्थान स्थित कन्हैया प्रसाद सोनारले संचालन गरेको के.पी.स्वर्णकला केन्द्र सुनचाँदी पसल र सोही ज्वेलर्ससंगै टाँसिएको उनको पश्चिम तर्फको कोठाबाट अबैध रुपमा हुण्डी कारोवार गरि रहेको अवस्थामा नेपाली रुपैया रु ४१ लाख ९२ हजार ९ सय सहित ८ जनालाइ पक्राउ गरेको थियो ।

प्रहरीले कन्हैयाको पसलबाट चाँदी जस्तो देखिने सेतो धातु २०९० ग्राम र कोठा भित्र रहेको अन्य कागजातहरु समेत फेला पारी बरामद गरेको र सो क्रममा आन्तरिक राजश्व कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्तटोलीले उक्त पसलमा पनि थप अनुसन्धानको लागी प्रहरीले सिल गरेको थियो ।

आज सम्म पनि के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनार फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले गरिरहेको छ । उनलाइ भगाउन सुनचादी व्यवसायी संघकै पदाधिकारीहरुको मुख्य भूमीका रहेको छ ।

Back to top