×

वीरगन्ज ३२ साउन । वीरगन्जबाट प्रकाशित हुदै आएको प्रतिक दैनिकको ३३ बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित जना २७ जनाले रक्तदान गरेका छन् ।

वीरगन्जको नारायाणी अस्पताल वल्ड बैंकको कार्यालय परिसरमा आयोजना भएको कार्यक्रम प्रतिक दैनिकका सम्पादक विकास शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा पत्रकार अनुप तिवारी,ग्रामिण पत्रकार प्रमोद यादव, पत्रिका समाचार सम्पदक आरके पटेल लगायतकाले रक्तदान गरेका थिए ।

Back to top