×

वीरगन्ज २१ साउन । रामदेव बाबाको लगानीमा स्थापना भएको पतञ्जली औषधालयले म्याद गुज्रेको, गुणस्तर हिन, र अखाद्य पदार्थ सस्तो मूल्यमा खरिद गरि आफ्नै कारखानाको लेबुल लगाएर चर्को मूल्यमा उपभोक्तालाई बिक्री बितरण गर्दै आइरहेको समाचार प्रकाशमा आएको छ ।

प्रसौनीमा रहेको उक्त कारखानामा हाल स्याम्पु, सावुन, र सर्फ र आक्कल -झुक्कल मात्रामा अचार उच्पादन गर्ने गरेको भएपनि अरु वितरण गर्ने समाग्रीहरुमा भने बाहिरबाट त्यसमा पनि बदनाम कमाएका कारखानासँग सस्तो मूल्यमा तेल, पापड, बिष्कुट, चामल, दाल, चिउरा लगायतको पदार्थ खरिद गरेर लेबुल लगाएर उपभोक्ताको घरघरमा पुर्याउने गरेको समाचार प्राप्त हुन आएको छ ।

यसले गर्दा एकातीर पतञ्जलीले गुणस्तरीय भनेर बिक्री गर्ने गरेको उत्पादनमा उपभोक्ता झुक्एिर महंगोमा समान किन्न बाध्य बनाइएको छन भने अर्कोतिर सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकूलता थपिएको छ । केही समय पहिला पतञ्जलीको लेबुल लागेको बिष्कुटमा नै किरा र अखाद्य भेटिएपछि यसको भेद खुलेको हो ।

यसबारेमा पतञ्जली को नेपाल परिकल्पनाकार खरबपति उद्योगी उपन्द्र महतोसँग बारम्बार फोन गर्दा पनि भेट हुन सकेन । उक्त कारखानाले उत्पादन गर्ने र बिक्री गरेको समाग्रीको बारेमा सरोकारवाला स्थानीय उपभोक्ता अधिकारवादी, खाद्य प्रयोगशाला र अन्य नियमन निकाय कानमा तेल हालेर बस्नुलाई भने अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।www.aawajnews.com बाट

Back to top