×

वीरगञ्ज २९ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्सामा लगातारको अविरल वर्षाका कारण क्षती भएका प्रभावीत क्षेत्रहरुको अवलोकन गर्नु भएको छ । बाढीले पुर्याएको क्षतीबारे स्थलग्त अवलोकन गर्दै आफनो जनता प्राकृतीक विपदामा हुदा समेत संघिय सरकारले राहतको नाममा अहिले सम्म केही नपठाएको बताउदै सांसद यादवले बाढी पिडीतहरुका लागी संघिय सरकारले विषेश प्याकेजको व्यवस्था गर्न मागं समेत गरेका हुन ।

यता संघिय सांसद यादवले आफनो निर्वाचन क्षेत्रको रामगढवा, लालपर्सा,बेलवा,प्रसोतीपुर पर्सौनी,भेडिहारी कटगेनवा लगाएतका ठाउहरुमा बाढीले पुर्याएको क्षतीबारे स्थलग्त अवलोकन गर्नु भएको हो ।

लगातारको वर्षाले वीरगञ्ज महानगरपालीका वडा नम्बर ३० लालपर्सामा हजारौ विगाहामा लगाइएको धान बाली नष्ट भएको स्थानीयहरुले सांसद यादवलाई दुखेसो पोखेका थिए ।

पानीको निकाश नहुदा हजारौ विगाहा खेतमा लगाइएको धानबालीहरु नष्ट हुने अवस्थामा रहेकाले पानीको निकास गर्न सके केही हद सम्म किशानलाई राहत हुने स्थानीयहरुले सांसद यादवको ध्यानाकर्षण गराएका थिए ।

लालपर्सालाई जोडने सडकहरु समेत क्षतीग्रस्त भएका छन,घर घरमा पानी पसेर डेहरीमा रहेका धान गहँु लगाएतका धनमालहरुको क्षती भएको स्थानीयले सांसद यादव समक्ष दुखेसो पोखे ।

बाढीबाट आएको पानीका कारण अहिले पनि जनजिवन कष्टकरमय रहेको छ । स्थानीयहरुको समस्या सुन्दै सांसद यादवले प्राकृतीक विपदाबाट पिडीत भएकाहरुका लागी आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

Back to top