×

वीरगन्ज ११ असार । राप्रपा (सयुक्त ) पर्साको जिल्ला सचिव अजय पौडेलले आज एक सोशल मिडियाको वालमा बीरगंजको ब्यापारी मार्ग बीरगंज भन्सार देखी गंडक सम्म सड़क लाई चौड़ा गर्नु पर्ने अफनो बिचार लेखेका छन ।

बीरगंजको ब्यापारी मार्ग बीरगंज भन्सार देखी गंडक सम्म सड़क लाई चौड़ा गर्नु भनेको बीरगंज बासीको लागी गर्ब र शौभाग्यको कुरा हो तर यहां संकीर्ण बिचार बोकेको भोटको मात्र राजनीति गर्ने बिकास बिरोधी ब्यक्ति तथा दलहरुले बीरगंजको बिकासमा प्रत्यक्ष अबरोध गरेकोले बीरगंज बासीले पहिचान गरी सकेको हुदा त्यस्ता ब्यक्ति वा दल लाई समयको प्रतीक्षा गरी पाखा लगाउनु जरूरी पौडेलले लेखेका हुन ।

१०० बर्ष पुरानो बिरगंजले ६ लेनको अन्तरराष्ट्रीयस्तरको राजमार्गको मान्यता पाउने बेलामा यो अबरोध गर्नु अनुचित रहेका भनेका छन ।

म बीरगंजको मूल ब्यापारी मार्ग बीरगंज भन्सार देखी गण्डक सम्म सोजो बाटो फराकिलो होस भन्ने पक्ष मा छू भन्दै पौडेल आफनो वालमा लेखेका छन ।

Back to top