×

वीरगन्ज १३ जेठ । पर्साको कालिकामाई गाउँपालिका विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन जडान भएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर–४ वीरन्चीबार्वामा रहेको दिव्यकन्या उच्च प्राविधिक विद्यालयमा सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन जडान भएको हो ।कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ कार्यालयको एक लाखको लागतमा उक्त विद्यालयमा अध्यनरत छात्राहरूको सुविधाका लागि मेसिन जडान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष हरिओम साहले बताए । उनले छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय नछोड्नु पर्ने बाध्यता अन्त्यका लागि उक्त मेसिन वडा कार्यालयले जडान गरिदिएको बताए ।मेसिन जडान भएपछि छात्राहरु खुशी भएको उनले बताए । वडाध्यक्ष साहले भने, ‘विद्यालयका छात्राहरु प्याडको एटिएम मेसिन जडान भएपछि कक्षा १० मा अध्यनरत छात्रा सरस्वती पटेलले आफुहरुको समस्यालाई बुझेर सहज रुपमै प्याडको उपलब्ध हुने व्यवस्था गरिदिएकोमा खुशी लागेको बताइन् ।मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको बेलामा विद्यालय नआउने समस्या अन्त्य हुने प्रधानाध्यापक रामजतन प्रसादले बताए । छात्राहरु महिनावारीको उमेर भएपछि ड्रप आउट हुने, अब सेनेटरी प्याड मेसिन जडान भएपछि त्यस्तो समस्या नआउने विश्वास रहेको प्रधानाध्यापक प्रसादले बताएका छन् ।पहिले विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड वितरण गर्ने सुबिधा हुँदाहुँदै पनि लाजका कारण छात्राहरु खुलेर प्याड माग्न आउने अवस्था थिएन तर अब भने सो समस्या पनि हटेको प्रधानाध्यापक रामजतन प्रसादले बताए ।पर्साको ग्रामीण क्षेत्रमा रहेको दिव्यकन्या प्रविधिक विद्यालयमा साढे ५ सय विद्यार्थी अध्यनरत रहेकोमा ४ सय भन्दा बढि छात्राहरु छन् ।सेनेटरी प्याड निस्कने मेसिनमा पाँच रुपैयाँ हालेपछि प्याड निस्किन्छ । सेनेटरी प्याड निस्कने मेसिनको बटम थिचेपछि प्याड निस्कने विद्यालयका प्रधानाध्यापक रामजतन प्रसादले बताए । सिक्का हालेर बटम थिचेपछि ३ मिनेटमै प्याड मेसिनबाट निस्किने गरेको छ ।

Back to top