×

वीरगंज ७ जेठ । उतरदायी स्थानीय सरकारका लागि खोज पत्रिकारिता कार्यशाला गोष्ठी सोमबार वीरगंजको होटेल सुरजमा सुरु भएको छ । सो गोष्ठी जेष्ठ ६,७ र ८ गते सम्म चल्ने छ । माउन्टेन टेलीभिजन ब्युरो प्रमुख महेश दासको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराले गर्नु भएको थियो । शेयरकास्ट ईनिसियटिभ नेपाल र अमेरिकन दूतावासको संयुक्त रुपमा आयोजना र नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा भएको तिनदिने कार्यशाला गोष्ठीको पहिलो दिन ५५ जना पत्रकारहरुको उपस्थित रहेको थियो ।औपचारिक कार्यक्रमको समाचार लेख्नु त्यति जरुरी नभएको तथा खोज पक्रकारिता सम्बन्धि समाचार लेख्न जरुरी रहेको कार्यत्रममा बताइएको थियो । आ–आफ्नो गाउमा भएको स्थानीय सरकारको निकायले नियम सम्बत कानुनको पालना गरि आफ्नो स्रोत साधन र आमजनताहरुको अति आवश्यक कार्यहरु र जनताले पाउनु पर्ने अधिकार र सुबिधाहरु पाएको छ , छैन त्यसबारे स्थानीय निकायलाई सर्तक गराउने, त्यसो गर्दा पनि मानेन भने जनतालाई जागरुक बनाउने र त्यसो गर्दा पनि भएन भने सम्बन्धीत ठाउमा लिखित र मौखिक जानकारी गराउने कार्य नै खोज पत्रकारिता झएको आजको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यत्रममा अनुप तिवारी, बिजय चौहान, अनिल तिवारी, रितेश त्रिपाठी, निरज पिठाकोटे मगर, महेशचन्द गौतम, तुलसी भण्डारी, क्रान्ती साह, आरके पटेल, सुस्मा शर्मा, रश्मीराज भण्डारी, अजित कुमार भुजेल, जाकिर हुसेन, राम मेहता, प्रणय साह लगायतको सहभागिता रहेको थियो ।

Back to top