×

रौतहट ५ जेठ - नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियाले संघीय सरकारले दुई तिहाईको दम्भ देखाउदै नेपालको मिडिया र मानवअधिकारलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस नगर कार्यसमिति फतुवा बिजयपुर रौतहटद्वारा आयोजित कांग्रेसको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै चौरसियाले यस्तो आरोप लागेका हुन् । उनले संघीय सरकारले आफ्नो भ्रष्टाचार र कुकर्महरु लुकाउन मिडिया र मानवाधिकार जस्तो निस्पक्ष संस्थाहरु माथि अंकुश लगाउने गरि विधयेक पारित् गर्ने लागेको बताए ।

चौरसियाले देशको सरकारलाई प्रश्न गर्न सक्ने र न्यायको कठघरामा ल्याउन सक्ने मिडिया र मानव अधिकारमाथि भएको यो हमला असहनीय भएको बताउदै नेपाली कांग्रेसले उक्त विधयेक कुनै हालतमा पारित नहुने दिने बताए । 'देशको मिडिया माथि अंकुश लगाउने विधयेक र नियमलाई नेपाली कांग्रेसले कुनै हालतमा पारित हुन् दिने छैन,' पूर्ण मन्त्रि समेत रहेका चौरसियाले भने, 'विधयेक पारित नहुन दिन हामि हरेक संघर्ष गर्न तैयार छौं ।'

उनले देशबाट भ्रष्टाचार समाप्त पार्नका लागि नेपाली काँग्रेसले देशव्यापी जागरण अभियान गर्न लागेको बताए । हालको संघीय सरकारले दुई तिहाइको दम्भ देखाउदै अधियानकवाद ल्याउन खोज्दै गरेको उनले आरोप समेत लगाए ।

कांग्रेसका नगरसभापति बाबुराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव, संविधानसभा सदस्य सुनिल कुमार यादव, हृदयनारायण यादव, राम श्रेष्ठ, रामअयोध्या राय, रामभरोशी यादव, गोपाल यादव लगायतकाले आ–आफ्ना बिचार राखेका थिए । उक्त अवसरमा नेविसंघ पर्साका नेता सरोज चौरसिया, अन्नत कोईराला, रामनारायण यादव, कुमार चौलागाई, रुपेस पटेल, नितेस गुप्ता, श्याम चौलागाईलगायतको सहभागीता रहेको थियो ।

Back to top