×

वीरगंज, बैसाख ३ - बारामा मंगलबार राती हावाहुरी फेरी आएको छ । हावाहुरीसंगै चटयाङ पनि परेको छ । हावाहुरीसँगै परेको चट्याङले चार भारतीय मजदुर घाइते भएका छन् । कलैया उपमहानगरपालिका १२ धर्मनगरमा रहेको नवल चौरसियाको महल इँट्टा उद्योगका मजदुर चट्याङले घाइते भएका हुन् । उनीहरुको कलैया अस्पतालमा उपचार भईरहेको कलैया उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जटाशंकर सहनी ‘मिश्री’ ले बताए ।

चटयाङको झिल्का उनीहरुले बनाएको टहरमा परेपछि आगलागीसमेत भएको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले वनखबर डटकमलाई बताए । चट्याङ पर्दा ग्यास पडकेर उनीहरु घाईते भएका हुन् ।

आगलागी नियन्त्रणमा लिइएको र चट्याङबाट घाइते मजदुरहरुलाई उपचारको लागि कलैया अस्पताल लगिएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको सनाखत भइसकेको छैन ।हुरीप्रभावितका टहरा त्रिपालसमेत उडाएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । आगो नियन्त्रणमा लिनका लागि कलैया उपमहानगरपालिकाको वारुण यन्त्र परिचालन गरिएको नगरप्रमुख राजेश यादवले बताए ।

एत हावाहुरीसंगै आएको आँधीले प्रसौनी गाउँपालिका वडा नं. १ स्थित मुख्य सडकमा ५ वटा बिधुतीय पोल भत्केको छ । स्थायीन बेचु रामको छाप्रो हावाहुरीले उडाएको छ ।

Back to top