×

बीरगंज २० चैत्र । वीरगंजका उद्योगी बाबुलाल चचानले फेटा गाउँपालिका लगायत प्रभावित क्षेत्रमा राहत बितरण गरेको उनका कार्यालयका सहयोगीले बताएकन छन । चचानका कार्यालयका सहयोगीका अनुसार रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा गएकोे रेडियोकर्मीको टोलीले प्रभावित क्षेत्रमा पुगि झण्डै ४ लाख ८० हजार बराबरको १ सय ३६ थान सोलार सेट वितरण गरी प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गरेको कार्यकारी अध्यक्ष साहले जानकारी दिनुभयो । गत आइतवार आएको आधी हुरीले सँयौं घर ध्वस्त भएको र विद्युत वितरण समेत अवरुद्ध भएपछि अध्यारोमा बस्न बाध्य प्रभावित परिवारलाई सोलार सेट वितरण गरिएको साहले बताउनु भयो । प्रति सेट ३ हजार पर्ने साढे ५ वाट क्षमताको सोलार दिनमा घामबाट चार्ज भइ रातमा बत्ति बाल्न सकिने छ । एउटा सेटमा ५ घण्टा ३ बल्ब बल्छ भने एउटा मोबाइल पनि चार्ज हुने सिस्टम रहेको छ ।

Back to top