×

वीरगन्ज २३ माघ । वीरगंज महानगरपलिका वडा नं.– ६ आदर्शनगरको मुटुमा रहेको हजारीमल धर्मशाला विना अनुमति अनाधिकृत रुपले मल बनाउन तथा वेच विखनको लागि तोडफोड भइरहेको स्थानियले वताएका छन् ।

अन्दाजी सय वर्ष पहिला रक्सौल (भारत)का समाज सेवी स्व. हजारीमलका छोरा रामाबाबु अग्रवाल आफ्ना पिताको नाममा वीरगंज आदर्शनगर वडा नं– ७ हालको ६ स्थीत मेन रोडमा १० कठ्ठा भन्दा बढि जग्गामा हजारीमल धर्मशालाको निर्माण गरेको थिए । हजारीमल धर्मशाालाको नाममा सो जग्गा समेत पास गरी ट्रस्ट वनाइ दिएका थिए । सो धर्मशालाका ट्रस्टी रहेका हजारीमलका नाति (भारत) रक्सौलका महेश अग्रवाल, नारायण अग्रवाल र जगु अग्रवालले धर्मशालाको जग्गाको मुल्य वढी अर्बोमा पुगेको हुनाले लोभले यो धर्मशाला तोडन लगाई मल निर्माण गर्न लागेकोले स्थानियहरु आरोप लगाउदै विरोध गर्न थालेका छन् ।

तोडफोड गरी मल निमार्ण गर्न लागेको हजारीमल धर्मशाला पर्सा जिल्लाको संसदीय क्षेत्र नं.–२ मा पर्ने भएको हुनाले यस क्षेत्रका सांसद विमल श्रीवास्तव संग सम्पर्क गर्दा उनि यस धर्मशालाको सम्पुर्ण अधिकार महानगरपालिकामा पर्छ त्यो महानगरपालिकाको अनुमति वेगैर तोडफोड अथवा केहि पनि निमार्ण गर्न पाउदैन । यो धर्मशालाको जग्गा सार्वजनिक हो, के वनाउनु छ त्यो नक्शा वनाएर महानगरपालिकाको अनुमति लिएर मात्र तोडन अथवा निमार्ण गर्न पाउछ, ब्यक्तिगत

प्रयोजनको लागि केही पनि गर्न पाउदैन । यस सम्बन्धमा वीरगंज महानगरपालिकाका इन्जिनियर अखलाक्य सिद्धिकी सगं सम्पर्क गर्दा आफुलाई केहि जानकारी न भएको वताए । हजारीमल धर्मशाला तोडफोड भइरहेको म पहिलो चोटि तपाईबाट सुन्दैछु भन्नुभयो ।

वीरगंज उद्योग वाणिज्य संघ का निवर्तमान अध्यक्ष तथा २ नम्बर प्रदेश विधान सभा सदस्य ओम प्रकाश शर्माले यो हजारीमल धर्मशाला हो यो ट्रस्ट मा रहेकोले ब्यक्तिगत प्रयोजनको निमार्ण गैर कानुनि हो भन्नुभयो । उता ट्रस्टी महेश अग्रवालले आफुहरु धर्मशाला जिर्ण अवश्थामा रहेकोले त्यसलाई तोडफोड गरी तल धर्मशाला र माथी मार्केट वनाउन लागेको वताउनुभयो ।

ट्रस्टी अग्रवाल र वीरगंज महानगरपालिकाका मेयर विजय शरावगी नातेदार रहेको हुनाले ट्रस्टी अग्रवालले गैर कानुनि तरीकाले धर्मशालाको जग्गामा मल बनाउन लागेको स्थानियले वताएका छन् । मेयर शरावगीले सोहि धर्मशालामा दक्षीण पटिको कोठामा अशवमेघ गायत्री महायग्यको कार्यालय समेत राखेका छन् र दिनहु सो कार्यालयमा आउने जाने गरेकोे हुनाले पनि यो मल निमार्ण कार्यमा शरावगीको संगलगनताको स्थानियले आरोप लगाएका छन् । यस सम्बन्धमा मेयर शरावगी संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Back to top