×

वीरगंज,१७ माघ । “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने मुल नाराका साथ अहमयिा संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका प्रसौनी भठ्ठामा ६ औं जालसा सालाना (बार्षिक समारोह) आयोजना गर्न लागेको जनाएको छ ।

वीरगंज स्थित हरि ओम पार्टी प्लेसमा आज पत्रकार सम्मेलन गरी प्रमुख अतिथि अहमदीया संघ भारतका अताइलाही अहसन गौरी साहेबले प्रसौनी भाठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयमा माघ १८ र १९ गते दुई दिने जालसा सलानाको आयोजना गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा साहेवले जालसा सलानाको सम्र्पूण तयारी पुरा भएको बताए । वहाँले अहमदिया मुस्लिम अमाअत एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जआमत रहेको वताए । शुक्रवार अपरान्ह २ बजेबाट सुरु हुने बताउदै उहाँले यो संस्था विशवका २०० भन्दा बढी देशरुमा रहेको बताए ।

यस धार्मिक जलसा सालानाको सुरुवात हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गर्नु भएको समेत साहेबले बताए ।

जालसा सालानामा झापा, सुनसरी,मोरङ्ग,सप्तरी,सिरहा, वारा, पर्सा काठमाण्डौं, तनहु, चितवन,धनगढी लगायत भारतका विभिन्न स्थानहरुवाट सहभागीता हुने अहदिय संघ नेपालका अध्यक्ष कमरुल होदाले वताए । पत्रकार सम्मेलनमा भारतका अताऊर रहमान साहेव,युवा अध्यक्ष समिन अहमद साहेव लगायतको उस्थिती रहेको थियो ।
Back to top